अन्तर्राष्ट्रिय नारी दिवस भव्यरूपमा पालन

IMG-20230314-WA0278.jpg

सरकारले महिलाहरूको हितमा धेरै कल्याणकारी योजना शुरू गरेको छः मुख्यमन्त्री तामाङ

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टी नारी शक्तिले आज पाकिम जिल्ला अन्तर्गत सरसमा गार्डनमा अन्तरराष्ट्रिय नारी दिवस भव्यरूपमा पालन गऱ्यो। यस अवसरमा राज्यमा मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने उनकी धर्मपत्नी कृष्ण राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। उल्लेखनीय छ, गत ८ मार्चको दिन अन्तरराष्ट्रिय महिला दिवसको दिननै होली पर्व परेको कारण नारी शक्तिले महिला दिवस केही पछि सारेको हो। आजको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले सर्वप्रथम अन्तराष्ट्रीय महिला दिवसको अवसरमा सबैलाई शुभकामना दिए।यसरी नै उनले आज अभिनन्दित हुने सबैप्रति बधाई साथै शुभकामना व्यक्त गरे। यस अवसरम मुख्यमन्त्री तामाङले राज्यका महिलाहरूलाई सश्क्त बनाउन सक्ने अति महत्वपूर्ण घोषणा गरे। विशेष गरेर उनले आफ्नो सम्वोधनमा कन्या विद्यार्थीहरूको निम्ति महाविद्यालय निर्माण गर्ने घोषणा गरे। सोही प्रकारले शहरी अनि ग्रामीण क्षेत्रमा व्यवसायमा संलग्न महिलाहरूलाई प्रति वर्ष पुरस्कृत गरिने बताए। शहरी क्षेत्रमा उत्कृष्ट ढङ्गमा संलग्न भएर सफल बन्ने महिला उद्यामीहरूलाई २० लाख, १५ लाख, १० लाख र ५ लाख पुरस्कार पुरस्कारस्वरूप प्रदान गरिने घोषणा गरे। यसका साथै आगामी दिनमा १ हजार जनालाई पुलिसमा भर्ती गराइने जसमा पचास प्रतिशत महिलाहरूलाई आरक्षण दिइने जानकारी गराए।

यसको साथै अबोप्रान्त महिला उद्यमीहरूलाई कुनै व्यवसाय गर्नको निम्ति प्राप्त हुने ऋणमा ५० प्रतिशत सब्सिडी दिने मुख्यमन्त्री तामाङले घोषणा गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमा यतिधेरै महिला सचिवहरू देख्दा भावी दिनमा पक्कै पनि महिलाहरूले राज्यलाई चलाउन सक्ने सम्भवाना व्यक्त गरे। वर्तमान सरकारले नारीहरूको महत्वलाई बुझेर नारीमुखी कार्यक्रम साथै योजनाहरू शुरू गरिसकेको जानकारी गराए।

वर्तमान समयमा पुरुषको तुलनामा महिलाहरू सक्षम अनि योग्य रहेको तर नारीहरूले आफैलाई नै कमजोरी सोँचेको कारण पछौटे पर्न गएको बताउँदै अब राज्यका महिलाहरूले आफैलाई कमजोरी सोँच्ने आग्रह गरे। उनले नारीहरूले आफ्नो मानसिकता परिवर्तन ल्याउनु पर्ने सुझाउ दिए। यदि नारीहरूले आफ्नो मानसिकतामा परिवर्तन ल्याएको खण्डमा अवश्य पनि नारीहरू अघि बढन सक्ने किटान गरे।यदि नारीहरू केही गर्छु भन्ने सोंच लिएर अघि आएमा अवश्य पनि सरकारको तर्फबाट सबै प्रकारको सहयोग प्रदान गर्ने उनले आफ्नो सम्बोधनमा जानकारी गराए।मुख्यमन्त्री तामाङले नारीहरूलाई एक अर्कामा खुट्टा तानातान नगरेर हात तानेर सबैलाई अघि लैजानु पर्ने सुझाउ दिए। खुट्टा तान्नेहरू सदैव पछि पर्ने र हात तान्नेहरू अघि भएको उनले केही उदाहरण पनि दिए। महिलाहरूले आपसी भाइचारा बढाएर लानुपर्ने बताए। उनले प्रसङ्ग फेर्दै राज्य सरकारले महिलाहरूलाई अघि बढाएर लैजाने उद्देश्य पार्टीविहिन पञ्चायत चुनाउ सम्पन्न गराएको उल्लेख गर्दै जसको कारण धेरै महिलाहरूले पञ्चायत र नगरनिगम चुनाउमा सहभागिता जनाएको बताए। पार्टीविहीन चुनाउले साँच्चै राज्यका नारीहरू शसक्त भएको उनले किटान गरे। यसरी नै आमा योजना अन्तर्गत प्रत्येक आमाहरूलाई प्रति वर्ष २० हजार प्रदान गरिने योजना शुरू गरिसकेको पनि जानकारी गराए। यसका साथै सन्तानविहीन आमाहरूको निम्ति वात्सल्य योजनाको शुरू गरेको यस यस योजना अन्तर्गत हालसम्म ७० जना सन्तानविहिन आमाहरू आमा बन्न सफल बनेको बताए।आजको यस कार्यक्रमलाई नारीशक्तिका अध्यक्ष कला राई, विधायक सुनिता गजमेरले पनि सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *