ड्रग्ससहित दुई युवक पक्राउ

91827456.jpg

गान्तोक: जोरथाङ पुलिसले ड्रग्स सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी पश्चिम बंगालस्थित दार्जीलिङ निवासी पुकर कालीकोटेकोरूपमा पुलिसले चिन्हित गरेको छ।आरोपी कालीकोटे पेशाले चालक हुन्। पुलिसले आरोपीबाट ३०९ वटा विन्डलास्मो क्याप्सुल सहित ९ हजार १३० रूपियाँ फेला पारेको छ। पुलिसले जानकारी गराए अनुसार आरोपी चालकले एसके-०१-०३९१ वाहन चलाएर आइरहेका थिए। उनले वाहन जोरथाङको कार प्लाजामा पार्किङ गरेर ड्रग्स बिक्री गर्न लागिरहेको समयमा पुलिसले पक्राउ गरेको हो। सोही प्रकारले रानीपुल पुलिसले पनि एक जनालाई ड्रग्स बेचबिखन गरेको आरोपमा पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी सामलिक नाम्ली निवासी फुर्वा तामाङकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले आरोपीको घऱमा छापा मार्ने क्रममा १२२७ वटा एसपीएम क्याप्सुल र २२२ बोतल कफसिरप फेला पारेको छ।दुवै थानामा पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा गर्दै केरकार गरिरहेको छ।

About Author

Advertisement