कोलकाता: उच्च माध्यमिकका परीक्षार्थीहरूको सुविधालाई ध्यानमा राख्दै मेट्रो रेलले शनिवार अतिरिक्त मेट्रो चलाउनेछ। उच्च माध्यमिकको परीक्षा मंगलवारदेखि शुरू भईसकेको छ।
मेट्रो रेलले परीक्षार्थीहरूको सुविधालाई ध्यानमा राख्दै १८ मार्च शनिवार र २५ मार्च शनिवार आठ वटा स्पेशल मेट्रो ट्रेनहरू चलाउने फसेला गरेको छ। यो मेट्रो दक्षिणेश्वरबाट कवि सुभाषबीच चल्नेछ। साधारणतः शनिवार अन्य दिनको अपेक्षा मेट्रोको संख्या कम हुन्छ। मेट्रोमा धेरै परीक्षार्थीहरूले यात्रा गर्छन् यसैले यसलाई ध्यानमा राख्दै ट्रेनहरूको संख्या बढ़ाइएको हो। यी ट्रेनहरू बिहान १० बजीदेखि दिउँसो १२ बजीसम्म र दिउँसो ३ बजीदेखि साझँ ५ बजीसम्म चल्नेछन्। मुख्य जनसम्पर्क अधिकारी कौशिक मित्रा अनुसार थप चार जोड़ी मेट्रो चल्नेछ। पहिलो मेट्रो विहान ९:५० बजी दक्षिणेश्वरदेखि कवि सुभाषको निम्ति हिड्नेछ फेरि बिहान ११:०६ बजी दक्षिणेश्वरदेखि कवि चल्नेछ। मेट्रो बिहान १० बजी दक्षिणेश्वरको लागि हिड्नेछ। फेरि कवि सुभाषबाट दक्षिणेश्वर जाने मेट्रो १०:५० बजी हिँड्नेछ। फेरि दिउँसो ३:१०बजी कवि सुभाषदेखि दक्षिणेश्वरको निम्ति हिँड्नेछ। यस रूटमा अझ एक अतिरिक्त मेट्रो साझँ ४:१२ बजी चल्नेछ। त्यही दक्षिणेश्वरदेखि दिउँसो ३:४०बजी हिँड्नेछ। यस रूटमा ४: १५ बजी अझ एक मेट्रो चल्नेछ।