अर्कै परीक्षा केन्द्रमा पुगे परीक्षार्थी, स्कुलका कर्मचारीको सहयोगमा पुर्‍याइयो निर्धारित परीक्षा केन्द्रमा

Capture6-1

अलिपुरद्वार : अलिपुरद्वारमा एकजना छात्रा उच्च माध्यमिक परीक्षा दिनको लागि अन्य परीक्षा केन्द्रमा पुगे। उक्त स्कुलका एकजना कर्मचारीको सहयोगमा उक्त छात्रालाई निर्धारित समयमा परीक्षा केन्द्रमा पुर्‍याइयो। प्राप्त जानकारी अनुसार आज अलिपुरद्वारको पाटकापाड़ा उच्च विद्यालयकी एउटी छात्रा भूलवंश म्याकविलियम उच्चतर विद्यालयको परीक्षा केन्द्रमा पुगेपछि तिनको परीक्षा केन्द्र अलिपुरद्वार न्युटाउन गर्ल्स उच्चतर विद्यालयमा रहेको थाहा पाइन्। यसपछि उक्त छात्रा चिन्तित बनेर अब के गर्ने, कसो गर्ने भन्दै रून थालिन्। उक्त छात्रा रूदै गरेको देखेपछि म्याकविलियम स्कुलका सायन साहा नाम गरेको एकजना कर्मचारीले छात्रालाई बाइकमा चढाएर तिनको परीक्षा केन्द्र अलिपुरद्वार न्यु टाउन गर्ल्स उच्चतर विद्यालयमा पुर्‍याइदिए।

About Author

Advertisement