जन प्रकोष्ठ घर-घरमा पुग्ने

CollageMaker_2023314222145272.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको निर्देशन बमोजिम तथा गरीब जनकल्याण प्रकोष्ठको सक्रियतामा रोगीहरूको सफल शल्यक्रियापछि उनीहरूको स्वास्थ्यबारे जानकारी लिन प्रकोष्ठका सदस्यहरू शीघ्र घर घरमा पुगेर उनीहरूको हाल खबर जान्ने निर्णय लिएको छ। विशेष गरेर ग्रामीण क्षेत्रका रोगीहरूको अपरेशन भइसकेपछि पनि उनीहरूको स्वास्थ्यमा कस्तो असर छ यसबारे जानकारी लिन उनीहरूको घर घरमा पुग्ने प्रकोष्ठले निश्चय गरेको छ। जङ्गू, कर्जी, टासिडिङजस्ता अभेक ठाउँहरूमा पुगी विरामीलाई उचित उपचार दिने कार्य प्रकोष्ठले गरेको थियो। बिरामीलाई उपचारपछि पनि उनीहरूलाई कुनै असुविधा छ कि भन्ने बारे जानकारी लिन ती ठाउँहरूमा पुग्ने निर्णय गरेको हो। प्रकोष्ठले सेवाका यी कार्यहरू प्रकोष्ठका मुख्य समन्वयक प्रभाकर गोलेको सक्रियतामा गर्दैआएको छ। फलस्वरूप आज राज्यका ग्रामीण क्षेत्रहरूमा भएका बिरामीहरूले भौगोलिक असुविधालाई अनि आर्थिक असुविधालाई ठूलो बाधा मान्नुपरेको छैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *