जी २०को तयारीलाई लिएर मुख्य सचिवले समीक्षा बैठक गरे

Untitled-design-18-2.webp

गान्तोक: आज टाशीलिङ सचिवालयमा सिक्किम सरकारका मुख्य सचिव वीबी पाठकले जी २० को अन्तिम तयारीहरूलाई लिएर समीक्षा बैठक गरे। बैठक आयोजन गर्नुको मुख्य उद्देश्य जी२० प्रतिनिधिहरूको सिक्किम भ्रमण अवधि सुरक्षा र सुविधा सुनिश्चित गर्न चर्चा गर्नु रहेको थियो। जी २० प्रतिनिधिहरू १५ मार्चदेखि १९ मार्चसम्म सिक्किममा रहनेछन्।
मुख्य ‘सचिव पाठकले बैठकमा प्रतिनिधिहरूको भ्रमणलाई लिएर गरिनु पर्ने आवश्यक व्यवस्थामाथि अधिकारीहरूको ध्यान आकर्षित गरे। उनले विभिन्न विभागहरूको भूमिकामाथि प्रकाश पार्दै सबैको संयुक्त प्रयासमाथि बल दिए। बैठकमा उपस्थित अधिकारीहरूले आफ्ना सुझाउहरू पनि दिएका थिए।
बैठकको शुरूमा मुख्य सचिव पाठकले जी २० शिखर सम्मेलनलाई लिएर सम्बन्धित विभागहरूको प्रयासको सराहना गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *