कोलकाता: पश्चिम बंगालमा शिक्षक नियुक्ति भ्रष्टाचार कुन स्तरसम्म सुगम बनाइएको थियो, यसको अन्दाजा यहीबाट लगाउन सकिन्छ कि बीरभूम जिल्लाको शान्ति निकेतन क्षेत्रमा एक बेकरीबाट केक किन्दा त्यसको प्याकेट ओएमआर शीटले बनेको पाइएको छ। यसको जानकारी पाउनसाथ केन्द्रिय एजेन्सीहरूले छानबीन शुरू गरेका छन्। त्यही सीबीआईको एक सूत्रले हिन्दुस्थान समाचारलाई जानकारी गराएको छ, भ्रष्टाचार मामिलामा ओएमआर शीटको जाँचमा छक्क पार्ने खुलासा भएको छ। पूरा षड़यन्त्र एसएससीका तत्कालीन प्रबन्धकहरूले रचेका थिए। जसले लिखित परीक्षामा जीरो अंक हासिल गरे, उनीहरूलाई गैरकानूनी तरीकाले नियुक्त गर्नका लागि एसएससीको सर्वरमा नम्बर बढ़ाएर ५४ गरियो। यदि कसैले एक नम्बर पाएको थियो भने उसलाई ५६ नम्बर दिइयो। यसको हलमार्क एसएससीको वेबसाइटमा पनि देखिएको छ। न्यायमूर्ति अभिजीत गांगुलीको तीखो टिप्पणीपछि एसएससीले ३४७८ यस्ता परीक्षार्थीहरूको ओएमआर शीट वेबसाइटमा हालेको छ। यसैमा कुन परीक्षार्थीले लिखित परीक्षामा कति नम्बर पाएको थियो र गैरकानूनी तरीकाले उसलाई नियुक्त गर्नका लागि सर्वरमा कति नम्बर बढाइयो, यसको जानकारी दिइएको छ। यसमध्ये ३०३० जनाको नम्बर आश्चर्यजनक तरीकाले बढाइएको छ। उनीहरूलाई लिखित परीक्षामा जुन नम्बर प्राप्त भएको छ, त्यसलाई ओएमआर शीट सम्बन्धी एसएससीको सर्वरमा धेरै गुणा बढाएर नम्बर दिइएको छ, जसले गर्दा उनीहरूले नौकरी पाएका छन्। एसएससीको वेबसाइटमा प्रकाशित सूचीमा जसको सीरियल नम्बर ३०३१ देखि ३३९२ छ, उनीहरूको लिखित परीक्षामा प्राप्तांक र एसएससीको सर्वरमा ओएमआरको प्राप्तांक एकै छ। यद्यपि, त्यसपछि ३३९२ देखि अन्तिमसम्म जुन सूची छ, त्यसमा प्राप्तांक र ओएमआर नम्बरमा ठूलो अन्तर छ। सीबीआईको एक सूत्र अनुसार, रूपियाँको निम्ति उनीहरूको नम्बर बढाइयो जसलाई गैरकानूनी तरीकाले नियुक्त गरिनुथियो। यसमा पूर्व शिक्षा मन्त्री पार्थ चटर्जीको सहमतिले एसएससीका पूर्व सल्लाहकार र सबै सम्बन्धित अधिकारी सामेल रहेका छन्। राज्यभरिमा फैलेको भ्रष्टाचारको एजेन्ट यस्ता उम्मेदवारहरूको सूची पठाउनेगर्थे, जसबाट रूपियाँको असूली गरिन्थ्यो र त्यही अनुसार नम्बर बढ़ाएर नौकरी दिइन्थ्यो। उल्लेख्य ईडीले दुई दिनअघि मात्र कोर्टमा हलफनामाको माध्यमले दाबी गरेको छ कि नियुक्ति भ्रष्टाचार ३५० करोड़भन्दा अधिकको छ।










