पाकिमः जिल्ला स्तरीय नार्को समन्वय केन्द्र (एनसीओआरडी) बैठक आज पाकिम जिल्लाका पुलिस अधीक्षकको कार्यालयमा सम्पन्न भयो। बैठकमा शिक्षा विभागका संयुक्त निदेशक, एसएसबीका सेकेण्ड इन् कमाण्ड, आबकारी विभागका उप आयुक्त तथा अन्यहरू उपस्थित थिए। बैठकमा प्रतिबन्धित नशालु पदार्थहरूको बढ्दो प्रयोगमाथि चिन्ता प्रकट गर्दै जिल्लामा यसको रोकथामको निम्ति प्रभावकारी उपायहरू अपनाउनु पर्ने आवश्यकता महसूस गरियो। बैठकमा सहभागी बनेका प्रतिनिधिहरूले यस सम्बन्धमा आफ्ना सुझाउहरू दिएका थिए। बैठकमा सीमा क्षेत्रहरूमा नशालु पदार्थको संकट रोकथाम गर्न विधि प्रवर्तनले सामना गर्नु परिरहेका चुनौतीहरूमाथि पनि चर्चा गरियो।
पाकिमका एसडीपीओ मणिकुमार तामाङले नशालु पदार्थको संकटसित लड्न एनसीओआरडीको भूमिकामाथि प्रकाश पारे। उनले ड्रग तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान गर्न र यसको रोकथाम गर्न संयुक्त प्रयासमाथि बल दिए। बैठकमा नशालु पदार्थको संकट विरूद्ध लड्न विभागहरूबीच समन्वयलाई सुदृढ बनाउने निर्णय लिइएको छ।









