जिल्ला स्तरीय विश्व जल दिवस कार्यक्रम आयोजन

777-3

गेजिङः गेजिङको जिल्ला पञ्चायत भवनमा आज जिल्ला स्तरीय विश्व जल दिवस कार्यक्रम आयोजन गरियो। कार्यक्रमको आयोजना एस आई आरडी र पञ्चायति राज गेजिङले गरेको थियो। कार्यक्रममा गेजिङका एसडीएम सन्तोष के. आले मुख्य अतिथि थिए। यस अवसरमा चित्रकला, स्लोगन लेखन, कविता र गीत प्रतियोगिता सम्पन्न गरियो। उक्त प्रतियोगिता जिल्लाका उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूको निम्ति गरिएको थियो। प्रतियोगिताको विषय ग्रामीण पेयजल प्रबन्धन र पानीको जीवाणु संदरषणमा सामुदायिक भागीदारी राखिएको थियो।

शिक्षा विभागका उप निदेशक राजेश थापा निर्णायक थिए। प्रतियोगितामा लेगसेप विद्यालयका यादव शार्मा कविता प्रतियोगिता, देन्ताम विद्यालयका अर्षा याबोल राई स्लोगन लेखन, पेलिङ विद्यालयका देवाशिष राई चित्रकला र दराप विद्यालयका डम्बर सिंह लिम्बू गीत लेखन प्रतियोगिताका विजेता बने। विजेताहरूलाई मुख्य अतिथिद्वारा स्मृति चिन्ह र प्रमाणपत्र प्रदान गरियो।

About Author

Advertisement