एक व्यक्ति प्रतिबन्धित नशालु पदार्थसहित पक्राउ

5079-1.jpg

गान्तोक: एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा जोरथाङ पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम पुकार कालिकोटे रहेको र उनी कर्मटार, दार्जीलिङ निवासी रहेको बताइएको छ। जोरथाङको कार प्लाजाबाट आरोपित व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गयो। उनीबाट पुलिसले ३१९ वटा विन्डलास विनस्पास्मो फोर्टे क्याप्सुल जफत गरेको छ। आरोपित विरूद्ध साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement