तृणमूल कांग्रेस प्रवक्ता गोखलेको जमानत याचिकामा सुप्रिम कोर्टको गुजरात पुलिसलाई नोटिस

463133-461761-saket-gokha.jpg

कोलकाता: सुप्रिम कोर्टले तृणमूल कांग्रेस प्रवक्ता साकेत गोखलेको जमानत याचिकामा सुनवाई गर्दै गुजरात पुलिसलाई नोटिस जारी गरेको छ। मामिलाको आगामी सुनवाई दुई सातापछि हुनेछ। जस्टिस बीआर गवईको अध्यक्षता रहेको बेञ्चले नोटिस जारी गयो।
साकेत गोखले विरूद्ध क्राउड फण्डिङबाट प्राप्त धनको हिनामिना गरेको आरोप छ। गोखलले ‘आवर डेमोक्रेसी’ नाम गरेको प्लेटफार्मको माध्यमले लगभग १७०० जनाबाट ७२ लाख रूपियाँ एकत्र गयो, त्यस पैसाको उसले व्यक्तिगत प्रयोग गरेको आरोप छ। एक महिलाले शिकायत गरेकी थिइन्, उसले गोखलेलाई पाँच सय रूपियाँ अनलाइन भुकतान गरेकी थिइन्। त्यसपछि गुजरात पुलिसले गोखले विरूद्ध एफआईआर दर्ता गरेको थियो। गुजरात हाईकोर्टले गोखलेको जमानत याचिका खारेज गरिसकेको छ।

About Author

Advertisement