गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम सरकारको कौशल विकास विभाग अन्तर्गत डीडीयूजीकेवाईका एयर होस्टेस ट्रेनीहरूसँग आज भेट तथा अन्तरक्रिया गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका छन्।
मुख्यमन्त्रीले जानकारी गराए अनुसार, एयर होस्टेस ट्रेनीहरूले सिक्किममा प्रस्तावित जी२० कार्यक्रमहरूमा सम्पर्क सहायकहरूका रूपमा सेवा पु-याउने छन्। मुख्यमन्त्रीले उनीहरूलाई आफ्नो सर्वोत्तम क्षमताका साथ कर्तव्य निर्वहन गर्न प्रोत्साहित गरे। उनले सबैलाई भविष्यका प्रयासहरूका लागि शुभेच्छा व्यक्त गरे।









