बंगालमा एच३एन२ संक्रमणको खतरा बढ्यो

12_03_2023-influenza_23354336.jpeg.jpg

कोलकाता: एच३एन२ भाइरस संक्रमणको मामिला अब पश्चिम बंगालमा पनि अघि आईरहेछ। निजी अस्पतालहरूको दाबी छ, फ्लूले संक्रमित ७० प्रतिशत रोगीहरूमा एच3एन२ संक्रमणको पुष्टि भएको छ। सर्दी-खोकी र ज्वरोले पीड़ित रोगीहरूको ल्याब जाँच भएको छ। त्यसमध्ये ४०-७० प्रतिशतसम्ममा इनफ्लुएन्जा ए को संक्रमणको मामिला पाइएको छ। यसलाई लिएर स्वास्थ्य विभागलाई रिपोर्ट पठाइएको छ। हालमा राज्यका मुख्य सचिव हरि कृष्ण द्विवेदीले एडिनोभाइरस संक्रमणलाई लिर उच्चस्तरीय बैठक गरेका छन् र रोगको सामना गर्न र संक्रमणको रोकथामको निम्ति टास्क फोर्सको गठन गरेका छन् सचिवालय सूत्रहरू अनुसार, यही टास्क फोर्सलाई एच३एन२ संक्रमणमाथि पनि निगरानी राख्नलाई भनिएको छ। निजी अस्पतालहरूका साथै सरकारी अस्पतालहरूलाई पनि संक्रमित रोगीहरूको ल्याब जाँच रिपोर्ट स्वास्थ्य विभागमा पठाउनलाई भनिएको छ। यद्यपि, राज्य सरकारले आधिकारिक रूपमा एउटैपनि एच३एन२ संक्रमणको पुष्टि गरेको छैन तर निजी अस्पतालहरूमा रोगीहरूको उपचार चलिरहेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement