नियुक्ति रद्द गरिनु विरूद्ध खण्डपीठ पुग्यो ग्रुप सी कर्मी

mcms.jpeg.jpg

कोलकाता: अवैध तरीकाले नौकरी हासिल गरेको कारण नियुक्ति रद्द गरिएको थियो। काेलकत्ता हाईकोर्टको एकल पीठको यस फैसलालाई ग्रुप सी कर्मीहरूको एक गुटले खण्डपीठमा चुनौती दिएको छ। गत साता न्यायमूर्ति अभिजीत गांगुलीले नियुक्ति रद्द गर्ने आदेश दिएका थिए। यस विरुद्ध न्यायमूर्ति सुव्रत तालुकदार र सुप्रतिम भट्टाचार्यको खण्डपीठमा सोमवार याचिका लागेको छ। मामिलाको सुनवाई यही साता हुनसक्छ।याचिकाकर्ताहरूको तर्फबाट अधिवक्ता पार्थ देवबर्मनले आवेदन गरेका छन्। उनले भने, गत शुक्रवार एकल पीठले ग्रुप सीका ७५० कर्मीहरूको नौकरी रद्द गर्ने आदेश दिएको थियो साथै एसएससीको सिफारिश पत्र बिना नौकरी गरिरहेका ५७ जनालाई पनि नौकरीबाट हटाउने आदेश दिएको थियो। यही क्रममा खण्डपीठमा एकल पीठको यस फसेलामा स्थगन लगाउने याचिका लगाइएको छ।

About Author

Advertisement