गान्तोकः नेपालमा चलिरहेको ‘द पोएट आइडल’ को उत्कृष्ट ८ मा पुग्न सफल बनेकी सिक्किमकी कवि नीलम गुरूङलाई विजयी बनाउन सिक्किमले कम्मर कसेको छ। यस क्रममा आगामी १५ मार्चका दिन नेपाली साहित्य परिषद, सिक्किममा एक सभा आयोजन गरेर कवि गुरूङको समर्थनमा एउटा कमिटी गठन गर्ने निधो गरिएको छ। उक्त कमिटीले कवि गुरूङलाई द पोएट आइडलको ताज पहिराउन व्यवस्थित तरिकामा काम गर्ने बताइएको छ।
सिक्किमको मुख्यमन्तरीका राजनीतिक सचिव जेकब खालिङले राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी गराए। उनले द पोएट आइङलमा नीलम गुरूङले आफ्नो उत्कृष्ट प्रस्तुति दिइरहेको र विश्व पटलमा सिक्किमको नाम रोशन गरिरहेको बताए। उनले यस्ता प्रतिभाहरू समय-समयमा मात्र देखा पर्ने गरेको बताउँदै उनीहरूलाई समर्थन गर्नु आवश्यक रहेको बताए। उनले आगामी १५ मार्चको दिन नेपाली साहित्य परिषदमा एउटा सभा डाकिएको र उक्त सभामा कवि गुरूङको समर्थनका लागि एउटा कमिटी गठन गरिने बताए। उनले उक्त सभामा सबैलाई उपस्थित भइदिएर नीलम ‘गुरूङलाई विजय बनाउने अभियानमा सहभागी बन्न अपील गरे।
नीलम गुरूङकी पिता तथा सिक्किमे हमजाएगाको नामले परिचित दिलीप गुरूङले सबैको साथ र समर्थनकै कारण नीलम टप १४ देखि आज टप ८ सम्म आइपुगेको बताए। उनले राज्यका मुख्अमन्ती प्रेमसिंह तामाङ र मुख्यमन्तीका राजनीतिक सचिव जेकब खालिङलाई समर्थनको निम्ति धन्यवाद दिए। उनले प्रतियोगिता अझ कडा बन्दै गइरहेको बताउँदै सबैलाई अझ बल गरेर समर्थन गरिदिन अपील गरे। कवि गुरूङकी भाई नितेश गुरूङले कसरी भोट गर्ने भन्ने विषयमाथि प्रकाश पारेका थिए। उनले आफ्नो नाममा एउटा ब्याङ्क खाता खोलेको र इच्छुक व्यक्तिहरूले त्यसमा डोनेशन दिन सक्ने छन् भनी बताए। उनले यस कार्यका लागि एउटै मात्र खाता खोलिएको स्पष्ट गर्दै पछि सम्पूर्ण आय-व्ययको विवरण सार्वजनिक गर्ने बताए।









