भ्रष्टाचारको आरोप अभिनेता बोनीकी आमा पियामाथि

77043603.webp

कोलकाता: ईडीको सोधपुछको सामना गरिरहेका अभिनेता बोनी सेनगुप्ताकी आमा पिया सेनगुप्तामाथि पनि भ्रष्टाचारको आरोप लागेको छ।
ईस्टर्न इण्डिया मोशन पिक्चर्स एसोसिएशन (ईम्पा) चुनाउमा कुन्तलले कथित रूपमा लाखौं रुपियाँ खर्च गरी मतदाताहरूलाई किनेका थिए ताकि पिया सेनगुप्तालाई अध्यक्ष बनाउन सकियोस्। अहिले उनी अध्यक्ष पदमा छिन्। यस क्रममा टलीवुड निर्देशकहरूको एक समूहले उनी विरूद्ध हाईकोर्टमा याचिका लगाएको छ। जानकारी अनुसार, २०१७ को सेप्टेम्बर महिनामा इम्पा परिचालन समितिको चुनाउ भएको थियो। पियालाई अध्यक्षको चुनाउ जिताउनका लागि कुन्तलले कथित रूपमा पानी सरह पैसा बगाएको थियो। यद्यपि, बोनीकी आमाले यस सम्बन्धमा हरेक प्रकारको आरोपहरूलाई खारेज गरेकी छन्। सोमवार याचिका दर्ता गरेपछि उनले भनिन्, कुन्तल ईम्पाको सदस्य होइन। यस्तोमा उसले रूपियाँ दिन न सक्दैन। यो बेबुनियाद आरोप हो। मलाई बदनाम गर्ने प्रयास भईरहेछ।

About Author

Advertisement