धरना बसेको मंचलाई बमले उड़ाउने धमकी, शिकायत दर्ता

1200-900-17787520-thumbnail-4x3-da-agitation-aspera.jpeg.jpg

कोलकाता: महंगाई भत्ता (डीए) को मागमा गत ४६ दिनदेखि धर्मतल्लाको शहीद मीनार मैदानमा धरनामा बसेका छन्। यो धर्नामा बसेका सरकारी कर्मचारीहरूको मंचलाई बमले उड़ाउने धमकी दिइएको छ। यससित सम्बन्धित पोस्टर धरना मंचमा भेटिएको छ, जसमा लेखिएको छ, यस नाटकलाई बन्द गर अन्यथा बमले धरना मंच उड़ाउनेछौं। यसलाई लिएर कर्मचारीहरूको तर्फबाट मैदान थानामा लिखित शिकायत दर्ता गरेको छ। एक दिनअघि कोलकाताका मेयर एवं ममता क्याबिनेटमा मन्त्री फिरहाद हकीमले कर्मचारीहरूको धरनालाई नाटक ठहर गरेका थिए। आइतवार कर्मचारीहरूले राज्यपालसित भेट गरेका थिए। आन्दोलन समाप्त गर्ने उनको अनुरोध भएपनि जबसम्म राज्य सरकार महंगाई भत्ता दिन राजी हुँदैन तबसम्म धरना समाप्त हुनेछैन भनी स्पष्ट गरेका थिए। यसपछि हकीमले यस आन्दोलनलाई नाटक ठहर गरेका थिए। यसबीच धरना मंचलाई बमले उड़ाउने धम्की दिइएको पोस्टरलाई डराई धम्काई आन्दोलन समाप्त गराउने अभियानको रूपमा हेरिन्दैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement