शांतनु भ्रष्टाचार मात्र होइन, आपराधिक गतिविधिहरूमा पनि संलग्नः तृणमूल नेता

shantanu-banerjee-ed.jpg

कोलकाता: शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका तृणमूल नेता शांतनु ब्यानर्जी विरूद्ध विभिन्न प्रकारका आरोपहरू लगाइएका छन्। उनी विरूद्ध पार्टीकै कार्यकर्ताहरूले यस्ता आरोपहरू लगाइरहेका छन्।
हुगली जिल्लाको बालागढका खण्ड तृणमूल अध्यक्ष नवीन गांगुलीले शांतनुका यस्ता धेरै रहस्यहरू खुलासा गरेका छन्। नवीन गांगुलीले सोमवार भने, शांतनुले केवल भ्रष्टाचार मात्र गरेका छैनन्, उनी धेरै अवैध गतिविधिहरूमा पनि संलग्न रहेका छन्। बन्दूकहरूको तस्करी, कुटपीट, हिंसा जस्ता आपराधिक घटनाहरूमा लगातार संलग्न रहेका छन्। वर्ष २०१८ मा श्रीपुर बालागढ पञ्चायत चुनाउमा उसले बन्दूकको बलमा मतदान केन्द्र लूटेका थिए र आफ्नो रोजाईको उम्मेदवारलाई जिताएका थिए।
यसको बद्लीमा उनीहरूबाट पैसा लिने गर्थे। नवीनले आफ्नो हत्याको डरका कारण अहिलेसम्म मुख नखोलेको बताइएका छन्।

About Author

Advertisement