प्राथमिक स्वास्थ्य केन्द्र भवनको निर्माण कार्य अम्बियोकमा शुरू

Primary-health-centre.jpg

गोरूबथान: कालेबुङ जिल्ला अन्तर्गत पर्ने अम्बियोकमा १० बेडको प्राथमिक स्वास्थ्य केन्द्र भवनको निर्माण कार्य आरम्भ भएको छ। उत्तर बंगाल उन्नयन परिषदद्वारा गोरूबथान खण्डको ६ वटा चियाबारीका वासिन्दाहरूको निम्ति निर्माण हुन गइरहेको यस अस्पतालको लागत २ करोड रुपियाँ रहेको बताइएको छ। जानकारी अनुसार, यस अस्पतालमा मेल वार्ड ५ वटा, फिमेल वार्ड ५ वटा, माइनर प्रोसेडर रुम, बेबी नर्सरी, वार्ड स्टोर, नर्सेस ड्युटी रुम, इलेक्ट्रिकल रुम, रेजिस्ट्रेशन रूम, मेडिकल अफिसर रुम, फार्मेसी, इमुनाइजेसन/कोल्ड रुम, ल्याब आदि हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement