टिस्टा भेल्लीमा जल जीवन मिशनको काममा भएको लापरवाहीलाई लिएर गोरामुमोद्वारा सांसदलाई पत्रचार

IMG-20230313-WA0515.jpg

दार्जिलिङ: दार्जिलिङ जिल्ला अन्तर्गत रंगली रंगलीयट खण्डको टिस्टा भेल्लीमा भइरहेको जल जीवन मिशनको काममा ठेकादारले लापरवाही गरिरहेको कारण कठोर कार्वाहीको माग गर्दै गोरामुमोद्वारा दार्जिलिङका भाजपा सांसद राजु विष्टलाई पत्रचार गरिएको छ। गोरामुमो दार्जिलिङ ब्राञ्ज कमिटीको महासचिव सन्दीप लिम्बुले टिस्टाभेल्ली क्षेत्रमा आठ करोड़को लागतमा भईरहेको जल जीवन मिशन परियोजना अन्तर्गत भईरहेको काममा व्यापक भष्टचार भईरहेको भन्दै कार्वाहीको मांग गर्दै सासंद राजु विष्टलाई पत्रचार गरेका छन्। उक्त पत्रमा केन्द्र सरकारले जल जीवन मिशनमार्फत पहाडवासीलाई हजारौं करोडभन्दा अधिक रकम दिएर हर घरलाई शुध्द पिउने पानी दिने जन कल्याणकारी योजन बनाएका कुरा सर्वविदित छन्। तर असंवैधानिक जीटीए सञ्चालन भएदेखि यस जन कल्याणकारी योजनामा जीटीए प्रमुखले पदको दुरुपयोग गरेर चुनिन्दा ठेकेदारहरूलाई मात्र काम बाढ्दै आएको बारम्बार आरोपहरू लागिरहेको बेला रङ्ली रङ्गलीयट खण्डभित्रको टिस्टा भेल्लीमा जल जीवन मिशनको काममा ठेकादारले ब्यापक लापरवाही गरेको प्रमाणित भएको हुनाले यस ठेकेदारमाथि कठोर कार्वाही गरी यस कामको रकम गुणस्तरीय काम नभएसम्म रोकी दिने अनुरोध गर्दछु भनी उल्लेख गरिएको छ।

यस विषयलाई पहाडभरि भइरहेको कामको उदाहरण सम्झेर
गम्भीरतापूर्वक लिएर सम्बन्धित विभागीय अधिकारी, जीटीए प्रमुख अनि ठेकादारहरूमाथि ईडीको जाँच गराई दिने निवेदन टक्राउँदछु भनी गोरामुमो दार्जिलिङ ब्राञ्ज कमिटीको महासचिव सन्दीप लिम्बुले सांसद राजु विष्टलाई पत्रचार गरेका छन्।

About Author

Advertisement