बनबस्तीका परीक्षार्थीहरूलाई बन विभागले यातायात व्यवस्था गर्ने

1fa3a354-54d6-43ed-8f61-ce2bd6a1484b

कालचिनीः गत माध्यमिक परीक्षा अवधि बन विभागले बनबस्ती क्षेत्रका माध्यमिक परीक्षार्थीहरूको सुरक्षा औ सुविधालाई ध्यानमा राखेर जसरी परिसेवा प्रदान गरेको थियो ठीक सोही परिसेवा मंगलबारदेखि सम्पन्न हुने उच्चमाध्यमिक परीक्षार्थीहरूको निम्ति पनि प्रदान गरीने बक्सा ब्याघ्र प्रकल्प पश्चिमका डीएफडी प्रवीण कासवानले एउटा प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन्।
मंगलबारदेखि राज्यमा सर्वत्र उच्चमाध्यमिक परीक्षा शुरु भईरहेको छ भने यस अवधि बक्सा ब्याघ्र प्रकल्प पुर्व अनि पश्चिम अधीनस्थ रहेका विभिन्न बनबस्तीका परीक्षार्थीहरूलाई परीक्षा केन्द्रहरूमा जाँदा जंगलको बाटोमा कुनै जोखिम नहोस भन्दै बन विभागले प्रत्येक रेञ्ज अधिकारीहरूलाई परीक्षार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर परिसेवा प्रदान गर्ने विज्ञप्ति जारी गरेका छन् भने सोमबार बन विभागले प्रत्येक बनबस्ती क्षेत्रमा पुगेर परीक्षार्थीहरूलाई परीक्षा केन्द्रहरूमा जाने र आउने परिसेवा उपलब्ध गराईने माइकिङ मार्फत जनाएको छ।

About Author

Advertisement