प्रीमियर लीगः जीतको क्रम जारी राख्यो आर्सनलले, म्यानचेष्टर युनाइटेडको ड्र

IMG-20230313-WA0089.jpg

१३ मार्चः ईंग्लिश प्रीमियर लीग फूटबलको जारी सीजनमा असाधारण लयमा रहने आर्सनलले जीतको क्रम जारी राख्दै शीर्ष स्थानमा आफ्नो स्थितिलाई मजबूत बनायो। यसबीच म्यानचेष्टर युनाइटेड चाहिँ निराशाजनक ड्र-को सम्मुखीन भयो। आइतवार राति खेलिएको म्याचमा आर्सनलले फूलहामलाई ३-०-ले पराजित गऱ्यो। फूलहामको होम ग्राउण्डमा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलले म्याचको जम्मै गोल मध्यान्तर अघि हासिल गऱ्यो। विजेता टीमबाट गेब्रिएल मेगालहासले २१औं, गेब्रिएल मार्टिनेल्लीले २६औं र मार्टिन ओडेगार्डले स्टपेज टाइमको दोस्रो मिनटमा गोल गरे। यस जीतको साथै आर्सनल २७ वटा म्याचमा ६६ पोइण्टको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा कायम रह्यो। आर्सनलसँग अहिले दोस्रो स्थानमा रहने म्यानचेष्टर सिटीभन्दा ५ पोइण्ट अधिक रहेको छ। यसरी नै आठौं स्थानमा रहने फूलहामसँग ३९ पोइण्ट रहेको छ।

आर्सनलको विपरीत म्यानचेष्टर युनाइटेड चाहिँ साउथम्प्टन विरुद्ध गोलरहित ड्र (०-०)-मा अल्झियो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ४६ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर युनाइटेडको टीम ३४औं मिनटमा दशजना खेलाड़ीमा सीमित भयो। टीमका निर्भरयोग्य खेलाड़ी कासेमिरोलाई ३४औं मिनटमा रेड कार्ड देखाइयो। यसअघिको म्याचमा लिभरपूल विरुद्ध ७ गोल खाने युनाइटेडको टीमले आफ्नो होम ग्राउण्डमा पनि कुनै छाप छोड़्न सकेन। यस निराशाजनक ड्र पछि म्यानचेष्टर युनाइटेड २६ वटा म्याचमा ५० पोइण्टको साथ तेस्रो स्थानमा कायम रह्यो। यसरी नै साउथम्प्टन २२ पोइण्टको साथ टेबलको फेदमा (२०औं स्थान) रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा न्यूक्यासलले वूल्भ्सलाई २-१-ले पराजित गऱ्यो जबकि वेष्ट ह्याम र एस्टन भिल्लाबीचको म्याच १-१-ले ड्र रह्यो। न्यूक्यासल २५ वटा म्याचमा ४४ पोइण्टको साथ पाँचौं स्थानमा रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *