डम्परको ठोक्करले मोटरसाइकल चालकको मृत्यु

6a79f801-8823-4f3f-8ae3-892110f882dd

जलपाइगढी: सोमबार बिहान सडक दुर्घटनामा एकजना बाइक सवारको मृत्यु भएको छ। घटना जलपाइगढी जिल्लाको राजगञ्ज ब्लकको बन्धुनगरसँग जोडिएको क्षेत्रको हो। मृत्यु हुनेमा २८ वर्षीय पंकज बर्मन रहेका छन्। मृतक युवक एउटा निजी माइक्रो फाइनान्स कम्पनीमा काम गर्थे। तिनी आज बिहान माथाभाङ्गास्थित आफ्नो घरबाट सिलगढीमा आफ्नो कार्यालय जाँदै गर्दा बन्धुनगर नजिकैको क्षेत्रमा अचानक उनलाई पछाडिबाट आएको डम्परले ठोक्कर दिएको थियो। युवकको घटनास्थलमै मृत्यु भयो। स्थानीय मानिसहरूले डम्परलाई पछ्याएपनि चालक भने भाग्नमा सफल भएका छन्। घटनाले बन्धुनगर नजिकैको इलाकामा हलचल मच्चिएको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *