सिक्किम प्रीमियर लीगमा थन्डरबोल्ट विजयी

Sikkim-Premier-League-logo.jpeg-1.jpg

गान्तोक: राज्यमा पहिलोपल्ट आयोजना गरिएको सिक्किम प्रीमियर लीग फुटबल प्रतियोगिता अन्तर्गत आज युनाइटेड ब्रदर्श बनाम थन्डरबोल्ट नर्थ युनाइटेडबीच खेल सम्पन्न भयो। यस खेलमा मुख्य अतिथिकोरूपमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी गान्तोक जिल्लाका युवा संयोजक तेञ्जिङ दोर्जी भोटिया रहेका थिए। आजको खेलमा थन्डरबोल्ट युनाइटेड एफसीले तीन गोलको विरूद्ध चार गोल गरेर विजय हासिल गरेको छ। यस खेलको म्यान अफ द म्याच लाक्पा नोर्बु शेर्पालाई घोषित गरियो, जो थन्डरबोल्ट युनाइटेडका खेलाडी हुन्। उल्लेखनीय छ, राज्यका खेलाडीहरूलाई राष्ट्रियस्तरसम्म पुग्नको निम्ति यस खेलले धेरै सहयोग पुग्ने आशा गरिएको छ। सिक्किम राज्यमा अहिलेसम्म सिक्किम प्रीमियर लीग खेलको आयोजना हुन भएको थिएन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *