भव्य कलश यात्रा सम्पन्न

00-1-IMG-20230312-WA0276


मिरिक: गोपालधारा अप्पर कोठी गाउँ वार्ड नम्बर १४ मा सोमबार १३ तारिकदखि सम्पन्न हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको पूर्व दिन आज भव्य कलश यात्रा पण्डित नरेन्द्र रेग्मी, पण्डित पण्डित होमनाथ ढुंगेल र पण्डित ओमप्रकाश घिमिरेको नेतृत्वमा पुराणस्थलदेखि १० वटा गाडी र पाँचवटा बाइकमा मिरिक बजार भएर सहमेन्दु देवीस्थान पुगेर परिक्रमासितै पूजा अर्चना गरी बाई पास भएर फर्किने क्रममा गोपालधारा वार्ड नम्बर १४ को गाउँमा परिक्रमा गर्दै पुराणस्थलमा आएर समापन गरिएको थियो। गाउँका बाल-बद्ध-वनिता सबैले कलश यात्रामा भाग लिएका थिए। गाउँमा आध्यात्मिक चेतना फर्काई ल्याउन अनि सामाजिक प्रेम र सद्भावना साथै मृत पितृहरूको उद्धारको भावनाले गरिएको यो महान ज्ञान यज्ञले गाउँ क्षेत्र र देशको अनि जातिको सुख शान्तिको र समृद्धिको पनि कामना गरिएको छ। आजको कार्यक्रममा पूजा मण्डपको पूजन पछि आरती सम्पन्न गरियो। मानव उत्थान सेवा समितिका मिरिक तहसिलका  सहयोगी बाईजीहरू क्रमैले विशाखा बाईजी अनि निहारिका बाईजीलाई पुराण आयोजक कमपटिको तर्फबाट स्वागत गरियो। अनि मानव धर्मका प्रणेता सद्गुरुदेव सतपालजी महाराजको तस्वीरमा माल्यार्पण गरियो। यसपछि भव्य आध्यात्मिक सत्संग कार्यक्रम सम्पन्न भएको थियो। 

About Author

Advertisement