६ अप्रेलमा राष्ट्रपति काजीरंगाको हात्ती महोत्सवमा सामेल हुन आउने

President_Draupadi_Murmu_1667318910114_1667318910342_1667318910342.webp

गोलाघाट: राष्ट्रपति द्रौपदी मुर्मू आफ्नो दुइ दिवसीय दौड़ाह अन्तर्गत ६ अप्रेलको दिन असम आइरहेकी छिन्। यहाँ उनको काजीरंगा राष्ट्रीय उद्यानमा आयोजना हुने हात्ती महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ। सो जानकारी काजीरंगा राष्ट्रीय उद्यानका निदेशक जतिन्द्र शर्माले आइतवार दिएका छन्। उनले भने, काजीरंगमा दिन दुई दिवसीय हात्ती महोत्सव आयोजना भइरहेको छ। यस महोत्सवमा राष्ट्रपति मुर्मूले उपस्थिति दिनेछन्।निदेशक शर्माले बताए, राष्ट्रपतिले काजीरंगा राष्ट्रीय उद्यानको भ्रमणावधि जीप र हातीमा सवार भएर यहाँका मनोरम दृश्यहरूको आनन्द उठाउनेछन्। साथै उनले काजीरंगाका विभिन्न ठाउँमा आयोजना हुने हात्ती महोत्सवका विभिन्न कार्यक्रमहरूमा भाग लिनेछन्। तथापि मुख्य स्थल बाहेक अन्य स्थलहरूको आयोजनलाई लिएर फसेला भइसकेको छैन। ती सबै स्थानहरूमा उच्चस्तरीय बैठकहरू आयोजना गरिनेछ। उनले बताए, प्रत्येक वर्ष नै काजीरंगा राष्ट्रीय उद्यानमा एशियाली हात्तीहरूको संरक्षण एवं सुरक्षामा सहयोग पुयाउने उद्देश्यले हात्ती महोत्व आयोजना गर्ने गरिन्छ। राज्यमा बढ्दो हात्ती मानव संघर्ष तर्फ ध्यानाकर्षित गर्नको साथै यसको समाधान खोज्ने ध्येय लिएर पर्यटन अनि वन विभागद्वारा यस प्रकारका उत्सवहरूको आयोजना गर्ने गरिन्छ। यस महोत्सवमा सयभन्दा अधिक घर पालुवा एशियाली हात्तीहरूले सजिएर नृत्य, फूटबल, परेड एवं दौड़ सहित विभिन्न कार्यक्रमहरूमा भाग लिएर आगन्तुकहरूलाई मनोरञ्जन गराउने गरेको पनि निदेशक शर्माले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *