छुट्टै राज्यको मागमा केपीपीको ऱ्याली

कुचबिहारः जिल्ला कामतापुर प्रोग्रेसिव पार्टी (केपीपी) को तर्फबाट आइतवार छुट्टै राज्यको मागमा एउटा ऱ्याली निकाल्यो। यो ऱ्याली कुचबिहार रास मेला मैदानदेखि शुरू भयो जुन शहरका विभिन्न मार्गहरूको परिक्रमा गरी पुनः रास मेला मैदानमा पुगेर समाप्त भयो। ऱ्यालीमा मन्त्री उदयन गुहा विरूद्ध नारा पनि ‘लगाइयो।

यस अवसरमा केपीपीको कुचबिहार जिल्ला कमिटीका महासचिव उत्तमकुमार रायले भने, छुट्टै राज्य बाहेक भाषा र संस्कृतिको पनि मागमा यो ऱ्याली निकालिएको थियो। त्यही, उनले दिनहाटाको बुरिरहाटमा केन्द्रिय गृह राज्य मन्त्री निशीथ प्रमाणिकमाथि भएको हमलाको निन्दा गरे। जब भूमिपुत्र यहाँ सुरक्षित छैन भने आम जन कसरी सुरक्षित रहनेछन्‌।

About Author

Advertisement