नारी स्रष्टा विष्णु ठकुरीद्वारा लिखित संस्मरण संग्रह अनुस्मृति लोकार्पित

CollageMaker_202331220443721.jpg

कसैले दिएको किताब पढ़ेर, लेखेर अवश्य प्रचार पनि गरिदिनुपर्छ: कृष्ण प्रधान

खरसाङ: दिलरामको साई सुन्दरम स्कूलको प्रेक्षागृहमा नारी स्रष्टा विष्णु ठकुरीको पहिलो कृति संस्मरण संग्रह अनुस्मृति लोकार्पण गरिएको छ। साई सुन्दरम दिलराम र ज्ञानकुञ्ज बुक्स खरसाङको संयुक्त आयोजनामा सम्पन्न उक्त लोकार्पण कार्यक्रममा सभाध्यक्षको रुपमा वरिष्ठ साहित्यकार कृष्ण प्रधान अनि प्रमुख अतिथिको रुपमा नेपालका साहित्यकार एंव रेडियोकर्मी चन्द्र भण्डारी उपस्थित रहेका थिए। दीप प्रज्वलन र सरस्वती बन्दनाबाट शुरु गरिएको उक्त कार्यक्रममा स्वागत सम्भाषण कुन्दन राईले राखेका थिए। कार्यक्रममा कविहरू क्रमैले प्रभात राई चिसो, स्वर्णिम गुरूङ अमि अमर दुङमालीले कविता पठन गरेका थिए। कार्यक्रममा स्रष्टा विष्णु ठकुरीको जीवनी विषयमा सरोजनी देवानले परिचयात्मक विवरण राखेका थिए। देविका मंग्राती राईले सञ्चालन गरेको उक्त कार्यक्रममा विष्णु ठकुरीद्वारा लिखित संस्मरण संग्रह ‘अनुस्मृति’ को लोकार्पण सभाध्यक्ष, प्रमुख अतिथि, स्रष्टा स्वयम् र अन्य विशिष्ट अतिथिहरूद्वारा लोकार्पण गरिएको छ। लोकार्पित उक्त संस्मरण संग्रह अनुस्मृति विषयमा समीक्षात्मक टिप्पणी मंग्पुकी नारी स्रष्टा सुभद्र बम्जनले राखेका थिए। यसै संस्मरण संग्रह अनुस्मृति विषयमा अन्तरक्रिया पनि सम्पन्न भएको थियो जसलाई मध्यस्थता गरेका थिए सञ्जीव छेत्रीले। त्यसरी नै उक्त अन्तर्क्रियामा पत्रकार एंव कथाकार प्रकाश हाङखिम, पत्रकार एंव कवि हनोक थापा, कथाकार कोमल केरुङ सुब्बा र मञ्जिल थाम्देनले भाग लिएका थिए। कार्यक्रममा प्रमुख अतिथि नेपालको साहित्यकार एंव रेडियोकर्मी चन्द्र भण्डारीले आफ्नो सम्बोधनमा आजको कार्यक्रम सभ्य र भव्य रहेको बताउँदै नेपाल र भारतको दार्जिलिङ सिमानाले छुट्टाए पनि साहित्य र संस्कृति एकै रहेको बताएका छन्। उनले दार्जिलिङको भूमि प्रेरणाको स्रोत हो भन्दै त्यो प्रेरणाको स्रोत भनेको यहाँको भूगोल हो, यहाँको साहित्य हो र यहाँको संस्कृति हो भनी बताएका छन्। उनले अघि भने, ‘सिमानपारिको भूगोलले पनि मनन गरे हामीलाई ऊर्जा मिल्छ, अनुभूति मिल्छ, सार्थक र सुन्दर जीवन जिउने साधना दिएको छ। दार्जिलिङ कमजोर छैन।’
कार्यक्रममा विशिष्ट अतिथिद्वय ज्ञानेन्द्र खतिवड़ा र मोहन ठकुरीले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा सभाध्यक्ष कृष्ण प्रधानले आफ्नो वक्तव्य राख्दै विष्णु ठकुरीद्वारा लिखित संस्मरण संग्रह अनुस्मृति भनेको राम्रो र प्रिय संस्मरण हो भन्दै संस्मरण लेख्नेहरूले नढाँटीकन सत्य लेख्ने गरेको बताएका छन् । उनले स्रष्टा विष्णु ठकुरीद्वारा आफ्नो जीवनमा घटेका प्रिय लागेको घटनाहरू र आफुले भोगेका प्रिय कुराहरू नै अनुस्मृतिमा लेखेको र यस संग्रहमा स्रष्टाले आफ्नो विचार, भावना, रचना पोखेका छन् भनी बताएका छन्।

प्रधानले कार्यक्रमको सम्पूर्ण विवरणसहित कार्यक्रमको समीक्षात्मक टिप्पणी गरेका थिए। उनले कसैले पुस्तक दिएको खण्डमा हामीले अवश्य नै पढ्नुपर्छ कारण त्यो ताकमा राख्नु दिएको होइन भन्दै अरूले दिएको किताब पढेर केही लेखिदिनुपर्छ साथै सामाजिक सञ्जालमा पनि लेखिदिएर प्रचार गरिदिनुपर्छ कारण अहिलेको समय भनेको प्रचार प्रसार र प्रोपोगाण्डाको समय हो भनी बताए। आफ्नो पहिलो कृति संस्मरण संग्रह अनुस्मृति लोकार्पण कार्यक्रममा उपस्थित सबैप्रति स्रष्टा विष्णु ठकुरीद्वारा आभार प्रकट गरिन्। कार्यक्रममा धन्यवाद ज्ञापन मिना लामा राईद्वारा राखिएको थियो। कार्यक्रममा विभिन्न स्थानहरूबाट साहित्यकारहरू उपस्थित रहेका थिए। नारी स्रष्टा विष्णु ठकुरीद्वारा लिखित संस्मरण संग्रह अनुस्मृति ज्ञानकुञ्ज बुक्स खरसाङको पक्षबाट प्रकाशित गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *