साहित्यकार सुधा एम राई र अमला सुब्बा लिटराटी क्वीन्सले सम्मानित

phoyo

गान्तोकः अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा क्याफे द ट्वीन्सले पछिल्लो चार वर्षदेखि पालन गर्दै आएको महिला सर्जक, सामाजिक अभियन्ता तथा साहित्यकार सम्मान लिटराटी क्वीन्स २०२३ ले सिक्किमेली साहित्यकार सुधा एम राई अनि दार्जीलिङकी अमला सुब्बालाई सम्मानित गरेको छ।

‘सालबारी मेथिबारीको क्याफे द ट्वीन्समा आयोजित सम्मान कार्यक्रममा साहित्यकार बिन्धा सुब्बा मुख्य अतिथि रहेको क्याफे द ट्वीन्सको चौथो प्रकरण लिटरेटी क्रीन्स सम्मानले सम्मानित हुने दुई साहित्यकर्मीले यो सम्मान पाउने हकदार रहेको आफ्नो मन्तव्यमा साहित्यकार सुब्बाले बताइन्‌। उनले क्याफे द ट्वीन्स महिला सर्जकहरूको सिर्जनधर्मलाई प्रोत्साहन गर्ने र साहित्पिक गतिविधिलाई प्राथमिकताको साथमा अवसर प्रदान गरेकोमा आभार प्रकट पनि गरिन्‌। कार्यक्रममा सम्मानको निम्ति आभार प्रकट गर्दै साहित्यकार सुधा एम राईले आयोजक समितिलाई धन्यवाद दिएर दुईवटा सुन्दर कविता पाठ गरिन्‌। यसैगरि सम्मानित व्यक्तित्व अमला सुब्बाले आभार प्रकट गर्दै आफ्ना दुई सुन्दर ‘कविता सुनाएकी थिइन्‌।

सम्मानित व्यक्तित्वहरूलाई सम्मान पत्र र अङ्गवस्त पहिराएर सम्मानित गरियो। कार्यक्रममा नेपालीसमेत हिन्दी अङ्ग्रेजी भाषाका कविता पाठ गरिएको थियो। क्याफे द ट्वीन्सका संस्थापक स्वामी लेखा राईले लिटरेरी क्रीन्सको आयोजन गर्नुको पछिको औचित्यमा प्रकाश पारिन्‌ भने लगातार रूपमा चौथोपल्ट यो कार्यक्रम गरिरहेको अनि यसमा प्रत्यक्ष र परोक्ष रूपमा सहयोग पुऱ्याउने सबै प्रति आभार प्रकट गरिन्‌।

कार्यक्रममा डा. विणा हाङ्खिम, कवि मोहन ठकुरी, डा. साङ्गमु लेप्चा, उर्मिला घिसिङ, डा. रेमिका थापा, मणिकुमार प्रधान, राजबहादुर राई, कमला तामाङ, शिला लामा, देविका मङ्ग्रान्ती, निरज थापा, सुनिता लामा, माला निरौला र प्रवीण खालिङको विशेष उपस्थिति रहेको थियो। अर्कोतिर कार्यक्रमको छुट्टै विशेषताको रूपमा लोक गायिका नवनित वाइवा र उनको वाद्यवादन दलको सुन्दर ‘लोक गीत प्रस्तुतिले सुनमा सुगन्ध थपेको थियो। कार्यक्रमको सञ्चालन कवि सिमयोन सुकिता राईले गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *