मालुटार चियाबारीमा प्राथमिक उप स्वास्थ्य केन्द्रको अपग्रेडेशनको लागि शिलान्यास कार्य सम्पन्न

CollageMaker_2023312203921202.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको मालुटार चियाबारीमा रहेको प्राथमिक उप स्वास्थ्य केन्द्रको अपग्रेडेशनको लागि आज शिलान्यास गरिएको छ। मालुटार चियाबारीमा प्राथमिक उप स्वास्थ्य केन्द्र रहेको छ भने उक्त उप स्वास्थ्य केन्द्र भवनको माथिल्लो तला निर्माण कार्यको लागि आज तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको बाहुलीबाट शिलान्यास गरिएको छ। उक्त प्राथमिक उप स्वास्थ्य केन्द्रको माथिल्लो तला निर्माण कार्य खरसाङ ईञ्जिनियरिङ विभागबाट हुने भएको छ भने उक्त अपग्रेडेशनको कार्य १० लाख ८० हजार रुपियाँको लागतमा भईरहेको जानकारी प्राप्त भएको छ। उक्त प्राथमिक उप स्वास्थ्य केन्द्रको माथिल्लो तला निर्माणको लागि पूजा अर्चना गरेर क्षेत्रीय सभासद नवराज छेत्रीद्वारा शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यमा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, उप सभापति राजु लामा, सांगठनिक सचिव सीबी राई, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त प्राथमिक उप स्वास्थ्य केन्द्रको शिलान्यास कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले मालुटार चियाबारीमा अवस्थित यो प्राथमिक उप स्वास्थ्य केन्द्रको माथिल्लो तला निर्माण कार्य पूरा भएपछि मालुटार चियाबारी र सिमरिङ चियाबारीको धेरैवटा गाउँहरूका स्थानीय मानिसहरूलाई स्वस्थ सम्बन्धी कुरामा धेरै सुविधा हुने बताएका छन्।

About Author

Advertisement