करॉंटे प्रशिक्षणप्राप्त केटाकेटीहरूलाई बेल्ट र प्रमाणपत्र प्रदान

e87952e5-2885-4915-a0cf-eddc9b8659d6


कालचिनीः कामुराई मार्सल आर्टबाट प्रशिक्षणप्राप्त १० जना केटाकेटीहरूलाई आईतबार कामुराई मार्सल आर्ट एकाडेमीद्वारा बेल्ट साथै प्रमाणपत्र प्रदान गरीएको जानकारी कामुराई मार्सल आर्टका संस्थापक सिहान डा. कमल कुजूरले दिएका छन् । राईमटाङ चियाबारीमा सम्पन्न उक्त कार्यक्रममा करॉंटे मास्टर ८ डान ब्ल्याक बेल्ट देवबहादुर सार्की कोचबिहारबाट प्रमुख रुपमा उपस्थित रहेको थियो भने अन्यान्य अतिथिहरूमा करॉंटे प्रशिक्षक कौशल गोले लगायत अभिभावक औ प्रशिक्षक एवम् प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो। कामुराई मार्सल आर्ट एकाडेमीका प्रमुख सिहान डा. कमल कुजूरले कोरोनाकाल अघिदेखि मार्सल आर्ट प्रशिक्षण चलाउँदै आईरहेको र कोरोनाको बेला केही समय प्रशिक्षण बन्द गर्न परेता पनि बच्चाहरूको शारीरिक स्वास्थ्य र रोग प्रतिरोधक क्षमता विकास गर्नलाई पुनः प्रशिक्षण जारी गर्दै आईरहेको र दोस्रो ब्याचलाई आज उनीहरूको क्षमता अनुसारको बेल्ट र प्रमाणपत्र प्रदान गरीएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement