राधारानी चियाबारीमा बौद्ध गुम्बाको भूमि पूजन

cb71456e-3baf-45ba-9601-651508b95696


कालचिनीः कालचिनी खण्डको राधारानी चियाबारीमा आइतबार तामाङ बौद्ध गुम्बा गोल्डन बुद्ध टेम्पलको शिलान्यास साथै भूमि पूजन सम्पन्न भयो। अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको अध्यक्ष तथा महागुरु ख्येनछेन रेम्बोर्छे आचार्य सांग्ये ल्हुडोको पवित्र आगमन साथै वहॉंको पवित्र मन्त्रोच्चारणमा होम यज्ञ साथै भूमि पूजन सम्पन्न भएको थियो भने सो अवसरमा अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको केन्द्रिय सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।
सानो चियाबारीको पातलो जनसंख्या रहेको राधारानी चियाबारीमा दीर्घ लामो समयदेखि गुम्बा निर्माणको प्रयास गोल्डन बुद्ध टेम्पल कमिटीको पदाधिकारीहरूले चलाउँदै आईरहेको थियो भने धेरै लामो प्रचेष्टा पश्चात राधारानी चियाबारीको फ्याक्ट्री गोदाम नजीकै कमान प्रबन्धनपक्षले दिएको एनओसी जमीनमा गुम्बा निर्माणको निम्ति आईतबार भूमि पूजन सम्पन्न गरिएको गोल्डन बुद्ध टेम्पल कमिटीको सचिव विशाल तामाङ स्याङ्बोले जनाएका छन्।

About Author

Advertisement