कालचिनीः आइतबार बिहानपख घरबाट मर्निङ वाकमा निस्किएकी एकजना महिलालाई जंगलबाट निस्किएको एउटा जंगली बाइसनले एक्कासी आक्रमण गर्दा घटनास्थलमा नै उक्त महिलाको मृत्यु भएको घटनाले सनसनी मच्चिएको छ । प्राप्त जानकारीअनुसार कालचिनी खण्ड अन्तर्गत पर्ने उत्तर मेन्दाबारीको डिपोपाड़ा निवासी महिला रिमिला हजारी उमेर ५५ आइतबार बिहान मर्निङ वाकमा निस्किएकी थिईन त्यसै समय बाटोबीचमा अचानक एउटा जंगली बाइसन निस्किएर उक्त महिलामाथि हमला गर्दा महिलाको शरीरमा बाइसनको सिङ पसेको थियो भने घटनास्थलमा नै रिमिला हजारीको मृत्यु भएको थियो।
मृतक महिलाको शवलाई बनकर्मीहरूले उद्धार गरेर प्रथमत उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याएको थियो तर चिकित्सकहरूले तिनलाई मृत घोषित गरेको थियो। शवलाई कालचिनी थानाको पुलिसले पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको जनाएका छन्।