सेरि एः जीतको लयमा फर्कियो नापोली, इण्टरको हार

CollageMaker_2023312161025509.jpg

१२ मार्चः इटालियन सेरि ए फूटबलमा शीर्ष स्थानमा रहने नापोली जीतको लयमा फर्कियो। यसरी नै इण्टर मिलान चाहिँ पराजयको सम्मुखीन भयो। नापोलीले शनिवार राति खेलिएको म्याचमा अटलाण्टा विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। गत म्याचमा लाजियो विरुद्ध पराजित हुने नापोलीले अटलाण्टालाई कुनै मौका दिएन। विजेता टीमबाट खविचा ख्वारात्सखेलियाले ६०औं र अमिर रहमानीले ७७औं मिनटमा गोल गरे। आफ्नो होम ग्राउण्ड डिएगो अर्मान्दो म्याराडोना स्टेडियमा दर्ता गरेको यस जीतपछि नापोली २६ वटा म्याचमा ६८ पोइण्टको साथ सेरि ए टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी नै छैटौं स्थानमा रहने अटलाण्टासँग ४२ पोइण्ट रहेको छ। अन्य एउटा म्याचमा इण्टर मिलानलाई स्पेजियाले २-१-ले उलटफेरको शिकार बनायो। म्याच लगभग अन्तसम्म पनि १-१-को बराबरीमा रहेको थियो तर एमबाला एन्जोलाले ८७औं मिनटमा पेनल्टीबाट गोल गरी स्पेजियालाई जीत दिलाए। यसअघि स्पेजियाबाट पहिलो गोल डेनिएल मालदिनीले ५५औं मिनटमा छिराए। यसरी नै इण्टरबाट रोमेलु लुकाकुले ८३औं मिनटमा पेनल्टीबाट गोल गरे। यस हारपछि पनि इण्टर ५० पोइण्टको साथ दोस्रो स्थानमा कायम रह्यो। यसरी नै १७औं स्थानमा रहने स्पेजियासँग २६ वटा म्याचमा २४ पोइण्ट रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement