ला लीगाः लगातार ड्र पछि जीतको स्वाद चाख्यो रियल म्याड्रिडले

CollageMaker_202331216642507.jpg

१२ मार्चः स्पेनिश ला लीगा फूटबलमा गत सीजनको च्याम्पियन रियल म्याड्रिडले लगातार दुईवटा ड्र पछि अन्तमा गएर जीतको स्वाद चाख्यो। शनिवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले एस्पानयोललाई ३-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा शुरुवातमै गोल खाए पनि रियलले असाधारण पुनरागमन गर्दै म्याच जित्यो। रियल म्याड्रिडको तर्फबाट विनिसियस जूनियरले २२औं, एडर मिलिटाओले ३९औं र मार्को असेन्सिओले अन्तिम क्षणमा गोल (स्टपेज टाइमको तेस्रो मिनट) गरे। एस्पानयोलबाट जोसुलेले आठौं मिनटमा गोल गरे। यस जीतपछि रियल म्याड्रिड २५ वटा म्याचमा ५६ पोइण्टको साथ ला लीगा टेबलको दोस्रो स्थानमा कायम रह्यो। बार्सिलोना अहिले एउटा म्याच कम्ती खेलेर ६२ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसरी नै १४औं स्थानमा रहने एस्पानयोलसँग २७ पोइण्ट रहेको छ। ला लीगाका अन्य म्याचहरूमा सेल्टा विगोले रायो भालेकानोलाई ३-०-ले अनि भेलेन्सियाले ओसासुनालाई १-०-ले पराजित गऱ्यो। काडिज र गेटाफेबीचको म्याच २-२ अनि एल्चे र भाल्लाडोलिडबीचको म्याच १-१-ले ड्र रह्यो।

About Author

Advertisement