सिक्किम एड्हक असिस्टेन्ट प्रोफेसर्स वेलफेयर सोसाइटी पञ्जीकृत

Untitled-1-copy-25

गान्तोकःसिक्किम एड्हक असिस्टेन्ट प्रोफेसर्स वेलफेयर सोसाइटी गठन भएको लगभग डेढ़ वर्षपछि पञ्जीकृत भएको छ। सोसाइटीका पदाधिकारीहरूले उक्त जानकारी गराउॅंदै आज एक पत्रकार सम्मेलनमा सोसाइटी गठन गर्नुको उद्देश्यमाथि प्रकाश पारे। सोसाइटीका महासचिव डा. दिपङ्कर राईले सिक्किम एड्हक असिस्टेन्ट प्रोफेसर्स वेलफेयर सोसाइटी अक्टोबर २०२१ मा गठन गरिएको जानकारी गराए। सोसाइटी गठन गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै उनले भने, सहायक प्राद्यापकहरूले उच्च शिक्षाको क्षेत्रमा आफ्नो तर्फबाट योगदान दिइरहेका थिए, तर सहायक प्राद्यापकहरूको भविष्य नै निश्चित थिएन। यस्ता समस्याहरूलाई सम्बोधन गर्न र सरकार समक्ष आफ्ना कुराहरू पुऱ्याउने उद्देश्यका साथ सोसाइटी गठन गरिएको उनले स्पष्ट पारे।

यसैगरी, सोसाइटीका अध्यक्ष आशिष राईले सोसाइटीको स्थापना सहायक प्राद्यापकहरूको कल्याणका लागि गरिएको हो भनी बताए। सहायक प्राद्यापकहरूले वेतन कटौतीको समस्या झेलिरहेका थिए, तर नयॉं सरकार गठन भएपछि यो समस्यालाई सम्बोधित गरिएको उनले जानकारी गराए। यसैगरी, अब एड्हक सहायक प्राद्यापकहरूलाई पनि प्रोबेशनरी सहायक प्राद्यापकको मान्यता प्रदान गर्ने सरकारले निर्णय लिइसकेको र चॉंडै अधिसूचना जारी गरिने उनले थप बताए। सरकारले एड्हक सिस्टमलाई हटाउन शुरू गरेका पहलहरूमाथि प्रकाश पार्दै उनले सरकारप्रति सोसाइटीको तर्फबाट कृतज्ञता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement