११०औँ रक्तदानको रेकर्ड बनायो रञ्जित मिश्राले

6c030fdb-a691-4bd6-97a0-ad970fe71662

कालचिनीः कालचिनी खण्डको निमतीझोड़ा चियाबारीका समाजसेवी ५८ बर्षीय रञ्जित मिश्राले आज आफ्नो जीवनको ११०औँ रक्तदानको रेकर्ड बनायो। सन् १९९२ सालदेखि रञ्जित मिश्राले विभिन्न क्लबहरूसित संलग्न रहेर निरन्तर स्वेच्छा रक्तदान गर्दै आईरहेको र हाल तिनी अलिपुरद्वार ब्लड डोनर आर्गनाइजेशनसित जोड़िएर विभिन्न ठाउँहरूमा रक्तदान शिविरको आयोजना साथै आफै रक्तदान गर्दै आईरहेका छन्। शनिबार तिनले जलपाइगढी सदर अस्पतालमा पुगेर रोगी मेनुका बर्मनको निम्ति रक्तदान गरेर ११० पल्ट रक्तदान गरेको रेकर्ड कायम गरे‌। कालचिनी ब्लक मात्र नभएर अलिपुरद्वार जिल्ला अनि राज्य बाहिरसम्म रञ्जित मिश्राले कसैलाई रगतको आवश्यकता परेमा रक्त उपलब्ध गराउन सबैलाई मदत पुऱ्याउँदै आईरहेको छ भने आफ्नो जीवनको ५८ वसन्तसम्म आईपुग्दा पनि तिनी नवजवान भन्दा कम नरहेको र रक्तदान गर्नु सबैभन्दा ठूलो पुण्यको काम रहेको तिनी बताउँछन्।
तिनले रक्तदान गर्नु अरुलाई मात्र नभएर स्वयं आफूलाई पनि स्वास्थ्यको निम्ति असल सिद्ध भएको र स्वास्थ्य मानिसहरूले सकेसम्म रक्तदान गर्ने आह्वान गर्दै आईरहेको छ। बर्षमा कम्तिमा पनि ४ पल्ट रक्तदान गर्दै आईरहेको रञ्जित मिश्रालाई सबैले आदर गर्दै आईरहेको छ भने अझै कतिसम्म सक्छ रक्तदान गर्न पछि नहटने तिनी बताउँछन्। रञ्जित मिश्राको यो जोशलाई निमती युथ कर्नर क्लब लगायत निमती एसटी स्पोर्टिङ क्लबका सदस्यहरू जुल उराँव,सुन्दर तामाङ, सोहन गोरे, सुभाष उराँव, शंकर झाँ, सुशील उराँव, अलिपुरद्वारका सायन्ती दास कोचबिहारका राजा वैद्य, जलपाईगढ़ीका तन्मय सेनगुप्ता, बाराबिसाका देबु साहा नन्द दुलाल साहा आदिले प्रशंसा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement