विविध खेल गतिविधिका साथ अन्तरराष्ट्रिय महिला दिवस पालन

Untitled-1-copy-22

सोरेङः राज्य खेल एवं युवा मामिला विभागले सोरेङ जिल्लाको जाउबारी स्टेडियममा अन्तरराष्ट्रिय महिला दिवस पालन गऱ्यो। कार्यक्रममा दोदक बढियाखोपकी जिल्ला सदस्या अन्जु गरूङ, मुख्य लेखा अधिकारी केबी सुब्बा, सोरेङकी डीपीओ रजनी पेगा, सोरेङका बीडीओ एसके शर्मा तथा अन्यहरू अतिथिका रूपमा उपस्थित थिए।

जिल्ला सदस्या गुरूङले आफ्नो सम्बोधनमा अन्तरराष्ट्रिय महिला दिवस र सो दिवस पालन गर्नुको महत्वमाथि प्रकाश पारेकी थिइन्। उनले 8 मार्चको दिन विश्वभरि नै महिला दिवस पालन गरिन्छ भन्दै महिलाहरूले सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, खेल तथा अन्य क्षेत्रहरूमा दिइरहेको योगदान र हासिल गरेका उपलब्धीहरूको निम्ति सो दिवस पालन गरिने गरेको बताइन्। यस अवसरमा महिलाहरू र बालिकाहरूलाई लिएर विभिन्न खेलकुद गतिविधिहरू पनि सम्पन्न गरिएको थियो। उक्त कार्यक्रम आगामी २५ मार्चसम्म जारी रहने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement