ब्राउन सुगर सहित एक युवक पक्राउ

5079-1.jpg

गान्तोक: हिजो एक व्यक्तिलाई नाम्ची पुलिसले ब्राउन सुगरसहित पक्राउ गरेको छ। पुलिसले पक्राउ गरेको व्यक्ति संजोक बराइली रहेको बताइएको छ। उनी मूल रूपमा नागी, नामथाङ निवासी हुन् भने अहिले तिन्जिरमा बस्दैछन्। पुलिस रिपोर्ट अनुसार, पुलिसले आरोपित व्यक्तिबाट ४.४९ ग्राम ब्राउन सुगर, नगद २४ हजार ९२० जफ्त गरेको छ। आरोपित व्यक्तिलाई शंकास्पद अवस्थामा गोसखान लाइनमा घुमिरहेको देखेपछि पुलिसले पक्राउ गरेको हो। यस घटनालाई लिएर पुलिसले आरोपित विरूद्ध एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

Advertisement