एडिनो भाइरसले नानीहरूको मृत्यु

CollageMaker_202334231917952.jpg

कोलकाता: पश्चिम बंगालमा नानीहरूको मृत्युको क्रम जारी छ। बुधवार बीसी रोय चिल्ड्रन अस्पतालबाट एक र कलकत्ता मेडिकल कलेजबाट दुई नानीको मृत्युको सूचना पाइएको छ।त्यस बारे जानकारी लिन बाल संरक्षण आयोगका दुई सदस्य आज बीसी रोय अस्पताल पुगे। आयोगको अध्यक्ष अनन्या चटर्जी र सुदेशना रोयले यस दिन अस्पतालको भ्रमण गरे। उनीहरू त्यहाँ एक घण्टासम्म रहे। बीसी रोय अस्पताल अनुसार, १० महिने मृत नानीको नाम सम्राट बारिक हो। नानी उत्तर २४ परगना जिल्लाको बनगाउँको बासिन्दा हो। परिजनहरूले सोमवार सम्राटलाई अस्पतालमा भर्ती गराएका थिए। मृत नानीको परिवारको एक सदस्यले बतायो, नानी लामो समयदेखि भर्ती थियो। उसलाई सास लिनमा समस्या भईरहेको थियो र ज्वरो पनि थियो फेरि उसलाई यहाँ भर्ती गराइयो। अर्कोतिर, कलकत्ता नेशनल मेडिकल कलेजबाट अझ दुई नानीको मृत्युको खबर अघि आएको छ। ज्वरो सास लिनमा समस्याको कारण उनीहरूलाई अस्पतालमा भर्ती गराइयो। मृतकहरूमध्ये एकको पहिचान छह महिने नानी शेख तमीमको रूपमा गरिएको छ। हावड़ाको उलुबेरिया निवासी तमीम गत २६ फरवरीदेखि भर्ती थियो। दोस्रो नानीको नाम सायन पाल हो। सायन हुगलीको बासिन्दा हो। उसको आयु १० महिना थियो। उसलाई चुचुरा इमामबाड़ा अस्पतालबाट मेडिकलमा शिफ्ट गरिएको थियो। यद्यपि, अस्पतालको एमरजेन्सी विभागमा पुग्न अगावै नानीको मृत्यु भयो। कलकत्ता मेडिकल अथोरिटीले स्वास्थ्य भवनसित यस्ता नानीको स्थिति गम्भीर भएपनि उसलाई रेफर किन नगरिएको भनी सोधेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *