३८ जना महिलालाई सिक्किम स्वच्छ सुजल शक्ति सम्मान प्रदान

Banner_03.jpg

गान्तोक: अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ग्रामीण विकास विभाग अन्तर्गत स्वच्छ भारत अभियान, ग्रामीणले राज्यका कूल छ विभिन्न ठाउँहरूमा कार्यक्रम आयोजन गरेको छ। यस अवसरमा राज्यका ३८ जना महिलालाई सिक्किम स्वच्छ सुजल शक्ति सम्मान २०२३ ले सम्मानित गरियो। यो सम्मान स्वच्छाग्राही, एसएचजीका सदस्यहरू, पञ्चायतहरूलाई प्रदान गरियो। यस अवसरमा अतिरिक्त जिल्लापाल (हि.स.) को देखरेखमा गान्तोक, मंगन, नाम्ची, सोरेङ र पाकिममा कार्यक्रमहरू आयोजन गरियो। ग्रामीण विकास विभाग मन्त्री सोनाम लामा, ग्रामीण विकास विभाग विभागका सचिव डी. आनन्दन र अभियान निदेशक बेनु गुरूङले सम्मानित बन्ने सम्पूर्ण महिलाहरूलाई बधाई दिएका छन्। महिलाहरूले राज्यको कल्याणको निम्ति आफ्नो महत्वपूर्ण योगदान दिइरहने छन् भनी उनीहरूले विश्वास पनि व्यक्त गरेका छन्।

About Author

Advertisement