७५ वर्षको क्रिकेट मैत्रीको उपलक्ष्यमा भारत-अस्ट्रेलियामाझ म्याच हुने

CollageMaker_202338214610287.jpg

अहमदाबाद: भारत अनि अस्ट्रेलियाको ७५ वर्षको क्रिकेट मैत्रीको उपलक्ष्यमा प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीसको उपस्थितिमा अहमदाबादको मोटेरास्थित नरेन्द्र मोदी स्टेडियममा बिहीवार टेस्ट क्रिकेक म्याच खेलिनेछ। ८ मार्चको अबेर साँझसम्ममा दुवै देशका प्रधानमन्त्रीहरू अहमदाबाद पुग्नेछन्। भारत-आस्ट्रेलियामाझका क्रिकेट सम्बन्धहरू अन्तर्गत आयोजना भइरहेको उक्त समारोह पूर्व तयारीहरूको समीक्षा गर्न बुधवार मुख्यमन्त्री भूपेन्द्र पटेल स्टेडियममा पुगे। भारत र आस्ट्रेलियाबीच बर्डर-गावस्कर ट्रफी टेस्ट सीरिजको अन्तिम म्याच ९ मार्चदेखि अहमदाबादको मोटेरास्थित नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ। टेस्ट सीरिजको अन्तिम म्याचमा भारतका प्रधानन्त्री नरेन्द्र मोदी अनि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीस पनि उपस्थित रहनेछन्। बुधवार कार्यक्रम स्थल सहित स्टेडियमको दौड़ाह गरेर मुख्यमन्त्री भूपेन्द्र पटेलले अधिकारीहरूलाई आवश्यक निर्देश दिए। मुख्यमन्त्रीसित राज्यका मुख्य सचिव राजकुमार, सामान्य प्रशासनिक विभागका अतिरिक्त मुख्य सचिव एके राकेश, खेलकूद विभागका प्रधान सचिव अश्विनी कुमार, राज्यका पुलिस महानिदेशक विकास सहाय, अहमदाबाद पुलिस आयुक्त संजय श्रीवास्तव, एएमसी आयुक्त एम नारासन, विदेश मन्त्रालयका उच्चाधिकारी, बीसीसीआई एवं जीसीसीआईका पदाधिकारी सहित अन्य अधिकारीहरू उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *