राज्यवासीलाई मुख्यमन्त्री प्रेमसिंह तामाङले दिए होलीको शुभकामना

IMG_20220708_234950.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमेली जनतामा होली पर्वको हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।मुख्यमन्त्री गोलेले आज जारी आफ्नो सन्देशमा होली भारतको एउटा महत्वपूर्ण चाड रहेको र यसले असत्यमाथि सत्यको जीतलाई दर्शाउँछ भनी बताएका छन्। सिक्किममा होलीले धार्मिक अनि सामाजिक महत्व प्राप्त गरेको छ भने यसले एउटा बहुसांस्कृतिक चाडको रूप धारणको छ, जसमा सबै धर्म र समुदायका मानिसहरू सहभागी बन्ने गर्छन् भनी मुख्यमन्त्रीले आफ्नो सन्देशमा उल्लेख गरेका छन्। उनले होली समारोहमा विभिन्न रंगहरूको मिश्रण जस्तै सिक्किमका विविध विश्वास अनि समुदायहरूबीच पनि एकता अनि भाइचारा कायम रहोस् भनी कामना गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *