गान्तोकः केन्द्रिय जनजाति मामिला मन्ती अर्जुन मुण्डा मंगलवार सिक्किम आइपुगेका छन्। उनी सीमा गाउँ प्रवास योजना अन्तर्गत तीन दिवसीय भ्रमणमा सिक्किम आएका हुन्। यस अवधि केन्द्रिय मन्त्री मुण्डाले मंगन जिल्लाको चुङथाङ भ्रमण गर्ने योजना रहेको छ। अर्जुन मुण्डालाई आज रम्फूमा मन्ती सन्जीत खरेलले स्वागत जनाए। यस अवसरमा सामाजिक कल्याण विभागका सचिव डा. एबी कार्की, ‘पाकिमका जिल्लापाल टाशी छोपेल, स्टेट प्रोटोकल अफिसर पी. पल्जर तथा अन्यहरू पनि उपस्थित थिए।