गान्तोकः केन्द्रिय वित्त राज्य मन्त्री डा. भागवत कराङले आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग राजभवन परिसरमा शिष्टाचार भेट गरे। यसावधि राज्यमा विभिन्न केन्द्रिय योजनाहरू क्रियान्वयन गर्ने तथा नाबार्डका विभिन्न विशेष योजनाहरूमाथि चर्चा भएको बताइएको छ। उल्लेखनीय छ, केन्द्रिय वित्त राज्य मन्त्री डा. भागवत कराड तीन दिवसीय भ्रमणमा सोमवार सिक्किम आइपुगेका हुन्।











