सुप्रीम कोर्टका न्यायाधीश न्यायमूर्ति वी रामासुब्रमण्यन सिक्किम आइपुगे

Untitled-1-copy-13

गान्तोकः देशको सर्वोच्च अदालतको न्यायाधीश न्यायमूर्ति वी. रामासुब्रमण्यन सिक्किम आइपुगेका छन्। उनी चार दिवसीय भ्रमणमा सिक्किम आएका हुन्। उनकी धर्मपत्नी आर. सरस्वती पनि उनको साथमा आएका छन्। न्यायमूर्ति रामासुब्रमण्यनलाई मंगलवार दिउॅंसो रम्फूको पर्यटक केन्द्रमा स्वागत जनाइयो। यस अवसरमा प्रोटोकल अफिसर पी. पल्जर, रम्फूमा एसडीएम सुजाता सुब्बा, सिक्किम उच्च न्यायालयका सहायक रेजिस्ट्रार एनआर थापा तथा अन्यहरू उपस्थित थिए।

उल्लेखनीय छ, सर्वोच्च अदालतको न्यायाधीश न्यायमूर्ति वी. रामासुब्रमण्यन ७ मार्चदेखि १० मार्चसम्म सिक्किम भ्रमणमा रहनेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *