साड़ी दोकानमा आगलागी हुदाँ क्षति

7631ca91-1c84-4858-9065-170eeaf687a8-1024x576.jpg

कोलकाता: महानगर कोलकाताको ढाकुरियाको एक साड़ी दोकानमा सोमवार दिउँसो लगभग साढ़े १२ बजे आगो लाग्यो।त्यस दोकानमा धेरै साड़ीहरू राखिएको थियो। आगोको खबर फैलिनसाथ दोकान र वरिपरि निकै हल्लाखल्ला मचियो ।सूचना पाएपछि दमकलका दुई गाड़ी घटनास्थलमा पुगे। आगो अझ अधिक नफैलियोस् यसैले वरिपरिका दोकानहरूलाई खाली गराइयो। यद्यपि, नोकसान भएपनि कोही हताहत भएको सूचना छैन।

About Author

Advertisement