कोलकाता: महानगर कोलकाताको ढाकुरियाको एक साड़ी दोकानमा सोमवार दिउँसो लगभग साढ़े १२ बजे आगो लाग्यो।त्यस दोकानमा धेरै साड़ीहरू राखिएको थियो। आगोको खबर फैलिनसाथ दोकान र वरिपरि निकै हल्लाखल्ला मचियो ।सूचना पाएपछि दमकलका दुई गाड़ी घटनास्थलमा पुगे। आगो अझ अधिक नफैलियोस् यसैले वरिपरिका दोकानहरूलाई खाली गराइयो। यद्यपि, नोकसान भएपनि कोही हताहत भएको सूचना छैन।