कालचिनीः अलिपुरद्वार राजाभातखावा रोड किनारी सोमबार अबेर साँझ एउटा अज्ञात व्यक्तिको शव पुलिसले फेला पारेका छन्। सड़क किनारीको जंगलमा उक्त शव देखेर पुलिसलाई यसको जानकारी दिएपछि घटनास्थलमा पुलिस पुगेर उक्त शवलाई उद्धार गरोको छ।
शवको शनाखत गर्दा मृतक व्यक्तिको शरीरमा कुनै प्रकारको चोट नदेखिएता पनि कसरी उक्त अपरिचित व्यक्तिको मृत्यु भयो अनि यसको पहिचान गर्न पुलिसले छानबीन शुरू गरेको कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन्। शवलाई मंगलाबार पोस्टमार्टममा पठाईने कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन्।










