केन्द्रिय वित्त राज्य मन्त्री भागवत कराडलाई बागडोगरामा स्वागत

Untitled-1-copy-10

सिलगढ़ीः केन्द्रिय वित्त राज्य मन्त्री डा. भागवत कराड सिक्किम भ्रमणमा आएका छन्। सोमवार दिउॅंसो केन्द्रिय मन्त्री बागडोगरा हवाई अड्डा आइपुगे। उनलाई हवाई अड्डामा प्रोटोकल एकाई, सिलगढ़ीका अधिकारीहरूले स्वागत जनाए। केन्द्रिय मन्त्री कराड ६ मार्चदेखि ८ मार्चसम्म सिक्किमको भ्रमणमा रहने छन्। यस अवधि ७ मार्चको दिन उनको अध्यक्षतामा ७४औं एसएलबीसी बैठक सम्पन्न गरिने छ। उनीसॅंग उनका पीएस अमित मीना र पीए अपिस अग्रवाल पनि सिक्किम आइरहेका छन्।

उल्लेखनीय छ, वर्तमानमा केन्द्रिय मन्त्रीहरूको लगातार सिक्किम भ्रमण जारी रहेको छ। केही दिनअघि केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले सिक्किमको भ्रमण गरेकी थिइन्। यसैगरी, हिजो मात्र केन्द्रिय रेल मन्त्री अश्विनी वैष्णव सिक्किम भ्रमणमा आएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement