केन्द्रिय रेल मन्त्री वैष्णवले राज्यपाल आचार्यसॅंग भेट गरे

Untitled-1-copy-11

गान्तोकः केन्द्रिय रेल, सञ्चार र इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस भेट अवधि सेवक-रम्फू रेल मार्गको अहिलेसम्मको विकास र रम्फू-नथुलासम्म रेल मार्गको विस्तार गरिने विषयमाथि महत्वपूर्ण चर्चा भयो। पूर्वोत्तरमा रेलवे विकासलाई विशेष प्राथमिकता दिइरहेको र सोही अन्तर्गत सिक्किममा पनि रेलवेको विस्तारलाई बढावा दिने काम भइरहेको बताइएको छ। सेवक-रंगपो रेल मार्गको विकासपछि अब नथुलासम्म रेल मार्गको विस्तार कार्य गरिने छ।

राज्यपालले भने, रेल यातायातले सिक्किममा पक्कै पनि उद्योग, रोजगार, आदिलाई बढावा दिनेछ। अन्तरराष्ट्रिय सीमाहरूले घेरिएको राज्यका कारण यसलाई देशको सुरक्षाको दृष्टिले पनि महत्वपूर्ण मानिन्दैछ। उनले समयको बचतका साथै आरामदायक रेलवे यातायातले देशको प्रगति र उन्नतिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे।

About Author

Advertisement